काठमाडौं । नेपाल प्रिमियर लिग, एनपीएल क्रिकेटको प्लेअफ आजदेखि शुरू हुँदैछ । पहिलो क्वालिफायरमा आज अंकतालिकाको शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्दैछन् ।
खेल दिउँसो ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ । अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको हो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।
आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको खेल भोलि दिउँसो ४ बजे हुनेछ ।




