आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१ पारित, संसद बैठक शुक्रबारसम्म स्थगित

केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१ पारित, संसद बैठक शुक्रबारसम्म स्थगित

सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो ।

    त्यसअघि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले कतिपय ऐनमा रहेको प्राविधिक तथा आनुसाङ्गिक त्रुटी सुधार गर्ने उद्देश्यले ८९ ऐन संशोधन र दुई ऐन खारेजको प्रक्रिया अगाडि बढाइएको बताए । 

    उनले यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा गएपछि विकास निर्माणको काम थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । सांसदद्वय पूर्णबहादुर घर्ती मगर र प्रेम सुवालले विधेयकका विभिन्न पाटा र पक्षका बारेमा जिज्ञासा राख्दै सहज कार्यान्वयनको आधार पेस गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij