आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

टीसीएलले नयाँ इन्भर्टर एसी कम्प्रेसरमा गर्‍यो १० वर्षको वारेन्टी घोषणा

टीसीएलले नयाँ इन्भर्टर एसी कम्प्रेसरमा गर्‍यो १० वर्षको वारेन्टी घोषणा

सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं । नवीनतम प्रविधिमा आधारित विश्वप्रसिद्ध उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपालको एयर कन्डिसनिङ बजारमा नयाँ मापदण्ड स्थापना गर्दै आफ्ना नयाँ इन्भर्टर एसी सिरिजमा १० वर्षको कम्प्रेसर वारेन्टी घोषणा गरेको छ । 

    यस नयाँ पहलले टीसीएलको उत्पादनको दिगोपनमा रहेको विश्वास र नेपाली उपभोक्तालाई दीर्घकालीन मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ।

    टीसीएलको नयाँ इन्भर्टर एसी सिरिज विशेषगरी नेपालको भौगोलिक र जलवायु अवस्थालाई मध्यनजर गरेर निर्माण गरिएको आधिकारिक विक्रेता चौधरी ग्रुप (सीजी) ले दाबी गरेको छ । 

    बारम्बार हुने भोल्टेजको उतारचढाव, तातो गर्मी र चिसो जाडोको प्रभावलाई नियन्त्रण गर्न यी एसीहरूमा आधुनिक भोल्टेज स्टेबिलाइजेसन सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

    ऊर्जा-कुशल डिजाइनले बिजुली खर्च घटाउनुका साथै वातावरणमैत्री समाधान पनि प्रदान गर्ने तथा टिकाउपनमा उत्कृष्ट, टीसीएल एसीहरूले वर्षभरि भरपर्दो आराम सुनिश्चित गर्ने बताएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij