आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

मेटलाइफ नेपालले हाम्रा राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै

मेटलाइफ नेपालले हाम्रा राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै

सजिलो पाना
आइतवार, मंसिर १४ २०८२
सजिलो पाना
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं। गत वर्षभरि, नेपालको राष्ट्रिय क्रिकेट खेलाडीहरूले निडर आत्मविश्वासका साथ विभिन्न टूर्नामेंटहरु खेल्दै आएका छन्- किनकि प्रत्येक स्ट्रोक, डाइभ र जितको पछाडि उभिएको थियो उनीहरूको भरपर्दो संरक्षकः मेटलाइफ नेपाल । अब, एक वर्षसम्म उनीहरूको बीमाकर्ता र गौरवका साझेदार रहेको मेटलाइफ नेपालले फेरि एकपटक नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो प्रतिबद्धता नवीकरण गरेको छ, जसले लाखौँ नेपालीको आशा र गर्व बोकेर खेल्ने खेलाडीहरूलाई निरन्तर सुरक्षा प्रदान गर्नेछ ।

    यस नवीकरणसहितको साझेदारीले पुरुष र महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू तथा क्यानलाई आर्थिक सुरक्षा र सहयोगको पहुँच निरन्तर दिलाउनेछ, जसले उनीहरूलाई खेल, प्रदर्शन र देशलाई एकतामा बाँध्ने क्षणहरूमा पूर्ण रूपमा केन्द्रित रहन सहयोग गर्नेछ ।

    यो सुरक्षा प्रतिवद्धता नेपालका लागि विशेष गर्वको क्षणमा आएको हो - किनकि नेपालको राष्ट्रिय क्रिकेट टोलीले आइ सी सी टि २० विश्वकपका लागि योग्यता हासिल गरेको छ, जसले देशको खेलकुद यात्रामा अर्को ऐतिहासिक उपलब्धि जोडेको छ । आगामी ठूला प्रतिस्पर्धाहरूको तयारीमा रहेका खेलाडीहरूको आत्मविश्वासलाई मेटलाइफको अटल सुरक्षा र साथले अझ मजबुत बनाएको छ ।

    “मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ,” पूर्व कप्तान तथा क्रिकेट संघका सचिव पारस खड्काले भन्नुभयो। “हाम्रा खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोशका साथ खेलमा केन्द्रित हुन सक्छौं ।”

    मेटलाइफ नेपालका जनरल म्यानेजर, श्री निर्मल काजी श्रेष्ठले भने;“हाम्रा क्रिकेट खेलाडीहरू नेपालकै गौरव, एकता र दृढताको प्रतीक हुन्। उनीहरूले प्रत्येक प्रदर्शनमार्फत राष्ट्रलाई प्रेरित गर्दा, हामी उनीहरूको सुरक्षामा निरन्तर साथ दिन पाउँदा गर्वान्वित छौं । टोलीले आगामी ठूला प्रतियोगिताको तयारी गर्दै गर्दा, मेटलाइफ नेपाल उनीहरूको भरोसायोग्य सुरक्षा कवच बनेर साथमा उभिएको छ - जसले हाम्रा राष्ट्रिय हिरोहरूलाई हरेक चुनौती सामना गर्न साहस र आत्मविश्वास प्रदान गर्दछ। किनभने जब हाम्रा खेलाडीहरू निडर भएर खेल्छन्, नेपालको आत्मविश्वास अझ उज्यालो देखिन्छ । ”

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij