काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घटेर २६३५.४२ विन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से १४.५३ अंकले घट्दै २६६४.०७ विन्दुमा रोकिएको थियो भने आइतबार ३.५८ अंकले बढेको थियो ।
आज सूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार नेप्सेमा कुल ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ८ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।




