आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १७ औं वार्षिकोत्सव

सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १७ औं वार्षिकोत्सव

सजिलो पाना
शुक्रवार, बैशाख १२ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्सले १७ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा १५ वर्ष भन्दा बढी अवधि सेवा गरी २१ जना कर्मचारीलाई सम्मान गरिएको छ। 

    उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तीय अवस्था, विश्वसनीयता र  हासिल गरेका सूचांकहरूको उन्नति र उत्कृष्टताको लागि आभार प्रकट गरे। उनले कम्पनीले अवलम्बन गरेका नविनतम प्रविधि, समय सापेक्ष ग्राहकमैत्री सेवाहरूप्रति प्रतिबद्ध रहि आगामी दिनहरूमा पनि कम्पनीको गरिमा र साख वृद्धि गर्दै अझ बृहत र अझ विशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रण गरे। 

    साथै उनले सम्पूर्ण शुभेच्छुक तथा सरोकारवालाहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे। 

    कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालकहरू, निवर्तमान सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन लगायत विभागीय प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो।  

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij