आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता

सजिलो पाना
शुक्रवार, बैशाख १२ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ । 

    बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेत स्थित अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

    बैंकले वैशाख ११ गते विहिबारका दिन कुवेत स्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसंग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

    सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत पनि सार्वजनीक गरिएको थियो । बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेकोे उक्त कभर गीत बैंकले आफ्ना सम्पूर्ण सामाजिक सञ्जालहरुमा प्रशारण/प्रकाशन गर्ने जनाएको छ । ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij