काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फुलपिङकोट केन्द्रबिन्दु भएर शुक्रबार बिहान ११:५३ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो । तर, अहिलेसम्म क्षतिको विवरण आइनसकेको मापन केन्द्रले जनाएको छ ।




