आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एक लाख युवा उतार्ने लक्ष्य बाेकेकाे एमालेको ‘युथ सेलिब्रेशन’ ले आज ट्राफिक डिस्टर्ब हुन सक्ने सम्भावना

एक लाख युवा उतार्ने लक्ष्य बाेकेकाे एमालेको ‘युथ सेलिब्रेशन’ ले आज ट्राफिक डिस्टर्ब हुन सक्ने सम्भावना

सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । नेकपा (एमाले)ले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम आयोजना गर्दैछ ।

    लोकतन्त्र दिवसको अवसर पारेर एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवाहरुलाई उतार्ने तयारी गरिरहेकाे हाे ।

    कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा नै रहने छन् । जसमा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धाराणा राख्ने तयारी रहेको छ ।

    आयोजकका अनुसार महोत्सवमा ४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नेछन् भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

    कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौंमा भेला हुने क्रम जारी छ । कार्यक्रममा आउनेहरूका लागि मोटरसाइकल र स्कुटर पार्किङको लागि बग्गीखानामा व्यवस्था गरिएको छ भने मिनी र ठूला बसका लागि टुँडिखेल र साना गाडीको लागि रङ्गशालामा व्यवस्था मिलाइएको जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij