आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एससीटी र मर्क्योर होटल बिच सम्झौता

एससीटी र मर्क्योर होटल बिच सम्झौता

सजिलो पाना
बुधवार, बैशाख १० २०८२
सजिलो पाना
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं। नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र यहि जनवरी देखि काठमाडौंको सुकेधारा हाइट्समा देश तथा विदेशका अतिथिलाई उत्कृष्ट सेवा दिँदै आएको ५–स्टार होटल मर्क्योर काठमाडौं सुकेधारा हाइट्स बिच SCT-UPI कार्डका ग्राहकहरूलाई होटेलमा १५% सम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।

    यस सम्झौता पश्चात एससीटी–युपिआइ (SCT-UPI) कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि मर्क्योर काठमाडौंमा आफ्नो एससीटी–युपिआइ(SCT-UPI) कार्ड मार्फत भुक्तानी गर्नुपर्छ । ग्राहकहरूले एससीटी–युपिआइ (SCT-UPI) कार्ड मार्फत भुक्तानी गर्दा फूड र वेभरेज बिलमा १०% छुट तथा रुमको महसुल दरमा १५% छुट पाउनेछन् । रुम महसुलमा छुट POS मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

     यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij