काठमाडौं । आज नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा ओर्लिएको छ । यसअघि मंगलबार नेप्से ९.९६ अंकले घटेको नेप्से सोमबार ७.७५ अंकले घटेको थियो ।
आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब ३२ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०८ स्टकको ६४ हजार १४० पटकको कारोबारमा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँबराबरको १ करोड ८४ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।




