सोमवार, कार्तिक ३ गते २०८३    

सोमवार, कार्तिक ३ गते २०८३    

महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक

महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक

सजिलो पाना
मंगलवार, बैशाख ९ २०८२
सजिलो पाना
मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौं। महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ । 

    बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ चैत्र मसान्त सम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ  । पछिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो । 

    कोष लागत प्रतिशत कम हुँदा सोको सकरात्मक असर आधार दरमा समेत परेको छ ।  जसअनुसार बैंकको आधार दर  चैत्र मसान्त सम्म ७.१४ प्रतिशत रहेको छ जुन प्राय बैंकहरु भन्दा कम रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् । 

    त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनत्तम पुँजी कोषका्े तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनत्तम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्त सम्म १५.७५ प्रतिशत रहेको छ ।  जुन आर्थिक वर्ष २०८०/८१ चैत्र मसान्तमा १२.७५ प्रतिशत रहेको थियो । 

    न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरुलाई  जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरुमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने बताइन्छ । 

    हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी”  सञ्चालनमा ल्याएको छ भने आगामी दिनहरुमा बैंकले आफ्ना वित्तीय सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै जाने समेत बैंकले जनाएको छ । 
     

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij