काठमाडौं । नेपाल चिया विकास लिमिटेडले आइपिओ निस्कासनका लागि एनएमबी क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
चिया विकासले आफ्नो पुँजी वृद्धिका लागि ६ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । त्यसका लागि एनएमबी क्यापिटललाई निस्कासनको अनुभति दिएको हो ।
सम्झौतामा चिया विकासका कार्यकारी अध्यक्ष सृुभाष चन्द्र संघाइ र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैध्यले हस्ताक्षर गरे।




