आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रभु बैंकको नाफा एक अर्ब ८७ करोड ६० लाख

प्रभु बैंकको नाफा एक अर्ब ८७ करोड ६० लाख

सजिलो पाना
आइतवार, बैशाख ७ २०८२
सजिलो पाना
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । प्रभु बैंकले आफ्नो नाफा बढाएको छ । चालु आर्थिक वर्षको नौ महिनामा बैंकको नाफा ३.५१ प्रतिशतले बढेको छ ।

    बैंकले साउन–चैत मसान्तको अवधिमा एक अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको हो, जुन समीक्षा अवधिमा साढे ६ करोड रुपैयाँले बढी हो

    बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ४० लाख रुपैयाँले घटेको छ । बैंकले गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी रहेकोमा यो वर्ष घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा सीमित भएको हो ।

    समीक्षा अवधिमा बैंकको विरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक बनेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र निष्क्रिय कर्जा ५.०९ प्रतिशत रहेको छ ।

    बैंकको खुद ब्याज आम्दानी गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा झरेको छ ।

    यता, बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँमा कायम भएको छ भने कुल सञ्चालन आम्दानी पनि १० अर्ब १९ करोडबाट घटेर ९ अर्ब ६१ करोडमा झरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij