आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

सजिलो पाना
बुधवार, बैशाख ३ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३ २०८२
  • गोरखा । गोरखा गार्डन होटल प्रा.लि.ले प्रभु बैंकका ग्राहकलाई सेवामा छुट दिने भएको छ । प्रभु बैंकले गोरखा गार्डनबीच विशेष छुट दिने सम्झौता भएको हो ।  बैकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाका अनुसार, ग्राहकहरूले होटलको सेवा उपभोग गर्दा १५ प्रतिशतसम्म छुट दिईनेछ।

    यो छुट प्रभु बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता Alternate Delivery Channel (ADC) सेवाहरू प्रयोग गर्ने ग्राहकहरूका लागि उपलब्ध हुनेछ। ग्राहकहरूले होटलको आवास, खानपिन, पेय पदार्थ तथा अन्य सेवाहरूमा यो छुटको फाइदा लिन सक्नेछन्।

    गोरखा गार्डन होटल, ऐतिहासिक गोरखाको मुटुमा अवस्थित एक उत्कृष्ट गन्तव्य हो, जहाँ लक्जरी बसोबास, पारिवारिक मैत्री वातावरण, आरामदायी कोठा र उच्चस्तरीय सेवा पाइन्छ। यो होटल विशिष्ट पाहुना सत्कार र आतिथ्यताको लागि चिनिन्छ।

    यो साझेदारीले गोरखाको पर्यटन प्रवर्द्धन गर्नुका साथै प्रभु बैंकका ग्राहकहरूलाई थप लाभ दिने लक्ष्य राखेको छ। साथै रानाले थप जानकारी वा बुकिङका लागि गोरखा गार्डन होटलमा सिधै सम्पर्क गर्न वा प्रभु बैंकका आधिकारिक प्लेटफर्महरू हेर्न अनुरोध गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij