आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कस्तो छ आजको राशिफल ?

कस्तो छ आजको राशिफल ?

सजिलो पाना
बुधवार, बैशाख ३ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । आज २०८२ साल वैशाख ३ गते बुधबार। बैशाख कृष्ण पक्षको तृतीया तिथि। 

    मेष : शारीरिक कमजोरीको अनुभूति हुनेछ। अध्ययन अध्यापनमा पछाडि परिएला मेहनतमा कमी नआउन दिनुहोस्। कार्य सम्पादन भएतापनि जाँच गर्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अक २ रहेको छ।

    वृष : आजको दिन तपाईंका लागि राम्रो छ। व्यापारमा नाफा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिमा नियुक्तिको सम्भावना रहेको छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : दिन राम्रो छ। लगानीका क्षेत्रबाट नाफा हुनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुने दिन छ। तपाईंको काममा विपक्षी साथीकोसमेत साथ मिल्नेछ। आफन्तसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। कृषि सम्बन्धी व्यापारमा नाफा आर्जन गर्ने योग छ।

    कर्कट : आज तपाईंका लागि दिन राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथमा गरेको काम सफल बन्ने योग छ। राजनीतिक क्षेत्रमा भन्दा तपाईंलाई व्यापारमा फाइदा हुनेछ। परिवारसँगको व्यवहार सफल बन्नेछ।

    सिंह : आज तपाईंका लागि दिन सामान्य राम्रो छ। एकल भन्दा समूहिक निर्णय गर्नुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर हुने योग छ।

    कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेकोकाले सम्पत्ति आर्जन हुनेछ। सञ्चित धन खर्च गर्ने समय छ। लगानी गर्ने भए सामूहिकतामा अगाडि बढेमा फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

    तुला : दिन निकै नै राम्रो छ। विरोधी कमजोर भएकाले हरेक काममा सफलता मिल्नेछ। सामान्य अवरोध देखिए पनि कामलाई निरन्तरता दिनुपर्नेछ। संकटको समयमा परिवारको साथ र सहयोग मिल्नेछ।

    वृश्चिक : आज तपाईंका लागि दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा हुने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। छोटो दूरीको यात्राले मन शान्त बन्नेछ।

    धनु : आजको दिन तपाईंका लागि सामान्य छ। हरेक काममा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाका क्षेत्रमा प्रगति देख्न लामो समय संघर्ष गर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

    मकर : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध शान्त र सुमधुर बन्नेछ।

    कुम्भ : दिन राम्रो छ। आज तपाईंले गरेको व्यापारमा फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै लगानी गर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    मीनः तपाईँको कार्य समितिमा सुधार हुनेछ। पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मानसम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुनेछ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij