काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० परीक्षा परिणाम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
गत ७ चैतदेखि सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ जना परीक्षार्थी सहभागी भएका थिए । यो वर्ष कुल ४ लाख ९९ हजार १८३ विद्यार्थीले परीक्षा दिएका थिए ।
परीक्षार्थीले एसइईको नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np मार्फत हेर्न सक्ने छन् ।
यस्तै, ल्यान्डलाइन वा मोबाइल फोनबाट ‘१६००’ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर टाइप गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।




