आइतवार, कार्तिक ९ गते २०८३    

आइतवार, कार्तिक ९ गते २०८३    

भोलिदेखि काठमाडौंमा म्याङ्गो फेस्ट हुदैँ

भोलिदेखि काठमाडौंमा म्याङ्गो फेस्ट हुदैँ

सजिलो पाना
बिहिवार, आषाढ १२ २०८२
सजिलो पाना
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौं । काठमाडौंमा भोलिबाट तीन दिने नेपाल म्याङ्गो फेस्ट–२०२५ हुने भएको छ । फेस्टिभलमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको विकासको लागि फेस्टिभल गर्न लागेको आयोजकले जनाएको छ ।

    तराई मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्धन गर्न फेस्ट हुन लागेको आयोजक काठमाडौं अर्गानिक्सले जनाएको छ । 

    वालनट बिस्ट्रो, लाजिम्पाटमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ ।  

    म्याङ्गो फेस्टमा  १० भन्दा बढी प्रजातिका आँपहरू प्रदर्शनीमा राखिनेछ भने ५ भन्दा बढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न मिल्ने व्यवस्था रहेको छ । माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया आँप किन्न पाइन्छ । यस्तै २० भन्दा बढी आँप समावेश गरिएका परिकारहरू र पेय पदार्थहरू हुनेछन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij