मंगलवार, कार्तिक ४ गते २०८३    

मंगलवार, कार्तिक ४ गते २०८३    

साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

सजिलो पाना
आइतवार, आश्विन ४ २०८३
सजिलो पाना
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौं । नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात (सहकारी संस्था लि.) ले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउने पहल अघि बढाएको छ ।

    यसै अभियानअन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले साझा यातायातको डिजिटल टिकटिङ प्रणालीको पेइमेन्ट पार्टनर बैंकका रूपमा सहकार्य गरेको छ । 

    यस ट्रान्जिट टिकटिङ प्रणाली अन्तर्गत अब साझा बसका यात्रुहरूको टिकट जारी गर्न बैंकको पीओएस मेसिनहरू प्रयोग गरिनेछ, जसले कार्ड तथा डिजिटल माध्यमबाट सहज, सुरक्षित र सुविधाजनक भुक्तानी गर्न सकिनेछ।

    साझा यातायातले डिजिटल रूपान्तरण अन्तर्गत आधुनिक कमाण्ड र कन्ट्रोल सेन्टर तथा अन्य प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याएको जनाएको छ। डिजिटल टिकटिङ प्रणाली मार्फत नगदरहित यात्रालाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ, जसमा विभिन्न डिजिटल भुक्तानी माध्यमलाई समेट्ने व्यवस्था गरिएको छ।

    बैंकका लागि सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने तथा सुरक्षित र सहज डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने यो सहकार्य महत्वपूर्ण पहल हो। बैंकले आफ्नो डिजिटल भुक्तानीसम्बन्धी पूर्वाधार तथा सेवामार्फत साझा यातायातका यात्रुहरूलाई थप सहज भुक्तानी अनुभव प्रदान गर्न सहकार्य गर्नेछ।

    यस सहकार्यले सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको प्रयोग विस्तार, नगदरहित कारोबारको प्रवद्र्धन, भुक्तानी प्रक्रियामा पारदर्शिता तथा यात्रु सेवाको आधुनिकीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij