बुधवार, कार्तिक ५ गते २०८३    

बुधवार, कार्तिक ५ गते २०८३    

राष्ट्रिय वाणिज्य बैंकको धनुषाधाममा २९७ औं शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकको धनुषाधाममा २९७ औं शाखा विस्तार

सजिलो पाना
आइतवार, जेठ ११ २०८२
सजिलो पाना
आइतवार, जेठ ११ २०८२
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो २९७ औं शाखा कार्यालय धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ मा विस्तार गरी शनिबारदेखि औपचारिक रूपमा बैंकिङ सेवा सुरु गरेको छ।

    नव–स्थापित शाखाको उद्घाटन नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाले संयुक्त रूपमा ताम्रपत्र अनावरण तथा रिबन काटेर उद्घाटन गरेका हुन् ।

    उद्घाटन समारोहमा नगरप्रमुख मण्डलले धनुषाधाम क्षेत्रलाई पर्यटन र कृषि सम्भावनायुक्त क्षेत्रका रूपमा चिनाउँदै राष्ट्रिय बैंकले यस क्षेत्रमा लगानी विस्तार गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, राष्ट्र बैंकमा सरकारको पूँजी रहेकोले यसलाई ‘जनताको बैंक’ का रूपमा जनतासँग अझ सशक्त रूपमा जोडिनुपर्ने बताए।

    बैंकका प्रमुख कार्यकारी अधिकृत दवेन्द्ररमण खनालले ७७ वटै जिल्लामा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित शाखा विस्तार भइरहेको जानकारी दिए। उनले दक्ष जनशक्ति र प्रविधिमा आधारित सेवा प्रणालीमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्न बैंक पूर्ण रूपमा सक्षम रहेको उल्लेख गरे।

    समारोहमा प्रभातफेरी, नगर परिक्रमा लगायत विविध कार्यक्रमहरू आयोजित गरिएका थिए। अध्यक्ष ढुंगानाको  सभापतित्वमा भएको कार्यक्रमको संचालन संगम महतले गरेका थिए । 

    कार्यक्रममा उपप्रमुख विद्यादेवी भुजेल, वडा अध्यक्ष, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, मधेश प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कम्पनी सचिव प्रमोद अधिकारी, उद्योगी, व्यवसायी, समाजसेवी, राजनीतिक प्रतिनिधिहरू तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

    हाल राष्ट्रिय वाणिज्य बैंकको सातै प्रदेश र ७७ वटै जिल्लामा २९७ शाखा, ३१२ एटिएम, र ९९ शाखारहित बैंकिङ सेवा सञ्चालित रहेका छन्।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij