काठमाडौं । साताको कारोबारको तेश्रो दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुगेको हो।
नेप्सेमा कुल ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ ।




