आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु, स्मार्टफोनदेखि स्कुटरसम्म जित्ने मौका

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु, स्मार्टफोनदेखि स्कुटरसम्म जित्ने मौका

सजिलो पाना
बिहिवार, जेठ १ २०८२
सजिलो पाना
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । डिजिटल वालेट कम्पनी खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ आजदेखि सुरु भएको छ । करोडौंको अफर रहेको यस जात्राका सहभागीले स्कुटर, स्मार्टफोनदेखि लिएर स्मार्टवाच, इयरबड्स लगायत क्याशब्याक जस्ता उपहारहरू जित्न सक्नेछन् ।

    द बिगेस्ट पेमेन्ट जात्राको यो चौथो सँस्करणमा खल्तीले जात्रा ब्याटल ग्राउन्ड नामक नयाँ प्रतिस्पर्धा ल्याएको छ जहाँ हरेक हप्ता खल्ती प्रयोगकर्ताहरूले सोसल मिडिया इन्फ्लुयन्सरसँग प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।

    यो प्रतिस्पर्धा ‘शेयर अ कोड’  को नयाँ स्वरूप हो, जसमा हरेक हप्ता दुई टोली बिच प्रतिस्पर्धा हुनेछ । एक टोलीमा हुनेछन् एक जना कन्टेन्ट क्रियटर र उनले बनाएको आफ्नो कोड । अर्को टोलीमा हुनेछन् सम्पूर्ण खल्ती फ्यानहरू र उनीहरूले बनाएका कोडहरू । जुन टोलीले लक्षित गरिएको कोड प्रयोग सङ्ख्या पूरा गर्नेछ, जित उसैको हुनेछ ।

    यसमा कन्टेन्ट क्रियटरको लागि सीमित सङ्ख्या ४००० को राखिएको छ भने खल्ती फ्यान अर्थात् अन्य प्रयोगकर्ताको लागि भने ५ जनाको सीमित संख्या रहेको छ । यसको बाँकी प्रक्रिया भने हरेक वर्षको झैँ रहनेछ जसमा खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘Create’ अप्सनमा ट्याप गरी हरेक हप्ता आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् । उक्त कोड शेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन् । 

    साथीभाइले प्रोमोकोड प्रयोग गरे वापत विभिन्न अफर र क्याश ब्याकको लाभ लिन सक्नेछन् भने शेयर गर्नेलाई हरेक कोड प्रयोगमा १० खल्ती पोइन्ट्स प्राप्त हुनेछ । साथै हरेक हप्ता पाँच कोडमा पाँच ओटा नै प्रयोग भएमा अनर एक्स८सी स्मार्टफोन जित्ने मौका मिल्नेछ ।

    जात्रा ब्याटलग्राउन्डको लागि पहिलो हप्ता टुबी गेमर ब्याटलग्राउन्डमा देखिनेछन् भने हरेक हप्ता नयाँ क्रियटर आउने खल्तीले जनाएको छ।

    आज जेठ १ गतेदेखि असार ३२ गतेसम्म लागू हुने ६३ दिनको यस जात्रा अवधिमा १५-१५ दिन गरी चार राउन्ड रहने छन् । प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि दुई भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू भेस्पा एलएक्स १२५ को लागि ‘लक्की ड्र’मा सहभागी हुनेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij