आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

सजिलो पाना
शुक्रवार, बैशाख २६ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गरेको छ । यस सुविधा पश्चात् बैंकले फिजिकल मर्चेन्ट जस्तै अन्लाईन मर्चेन्ट पनि अक्वायर गर्न सक्नेछ र बैंकका अन्लाइन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी भएको भिजा र मास्टरकार्ड मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

    एनसीएचएल र ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स ट्रान्जेक्सनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो ।

    यस पेमेन्ट गेटवले दुवै डोमेस्टिक इन्टरनेशनल पेमेन्टहरू सपोर्ट गर्ने भएकोले मर्चेन्टहरुलाई आफ्नो ब्यवसायको दायरा विस्तार गर्न सहज हुनेछ । साथै, यस पेमेन्ट गेटवले थ्रिडी सेकुअर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउँछ र अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ ।

    अनलाइन वा ई–कमर्शमा आधारित मर्चेन्टहरुले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था गरे पश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्ने हुनेछन् । 

    ग्लोबल आइएमइ बैंकले ७७ जिल्लामा ३५५ शाखा कार्यालय, ३७९ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    एनसीएचएलले हाल १२ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई डोमेस्टिक र विभिन्न अन्तर्राष्ट्रिय कार्ड कारोवार गर्न, होस्टिंग, स्विचिंग र अनलाइन पेमेन्ट गेटवे लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवेमा सहभागिता सँगै, नेपालमा डिजिटल भुक्तानीको दायरा अझ विस्तारित हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij