बुधवार, कार्तिक ५ गते २०८३    

बुधवार, कार्तिक ५ गते २०८३    

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

सजिलो पाना
बिहिवार, बैशाख २५ २०८२
सजिलो पाना
बिहिवार, बैशाख २५ २०८२
  • काठमाडौं।  एनसेलले ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले पहिलो सप इन सप भैरहवामा आजबाट संचालनमा ल्याएको हो ।

    भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा बिक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले सप इन सप सञ्चालन गरेको हो । एक कार्यक्रममाझ बिहीबार एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्‌घाटन गरेका थिए ।

    कम्पनीका अनुसार सप इन सपबाट ग्राहकले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरू एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन् ।

    ग्राहकले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणिकरण गर्ने, लोकप्रिय सधैं अन रिन्यूअल जस्ता प्याकहरू, सेवा, सुविधा लिने, ईसिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउने लगायतका विविध सेवाहरू लिन सक्ने कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij