काठमाडौं । लामो समयपछि सेयर बजारमा उछाल देखिएको छ । बुधबार नेप्से ६१ अंकले बढेर परिसुचक २६७२ विन्दुमा पुगेर रोकियो ।
यसदिन २ करोड ७३ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोडको कारोबार भयो । कारोबारमा आएका २२७ कमपनीको सेयर बढेको छ भने १८ कम्पनीको सेयर घट्दा एक कम्पनी स्थिर रहेको छ ।




