बुधवार, कार्तिक ५ गते २०८३    

बुधवार, कार्तिक ५ गते २०८३    

३५ अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

३५ अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

सजिलो पाना
बुधवार, बैशाख २४ २०८२
सजिलो पाना
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न बजारबाट नेपाल राष्ट्र बैंकले आज बुधबार ३५ अर्ब बराबर तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्ने भएको हो।

    यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि त्यसको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

    निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    निक्षेप संकलन उपकरणको जेठ १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij