मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

एसबिआई बैंकका सञ्चालक समिति अध्यक्ष चान्दनाले लिए पद तथा गोपनीयताको शपथ

एसबिआई बैंकका सञ्चालक समिति अध्यक्ष चान्दनाले लिए पद तथा गोपनीयताको शपथ

सजिलो पाना
मंगलवार, भाद्र २ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिले मुनीष कुमार चान्दनाले बैंक सञ्चालक समितिको अध्यक्ष पदको शपथ लिएका छन् । अध्यक्ष चान्दनाले आज सोमबार नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    अध्यक्ष चान्दनालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबीच गभर्नर पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    २०८३/०४/२७ मा बसेको बैंक सञ्चालक समिति ५४८औँ बैठकले भारतीय स्टेट बैंक (एसबीआई) लाई प्रतिनिधित्व गरी आएका चान्दनालाई अध्यक्ष पदमा नियुक्त गरेको थियो । 

    अध्यक्ष चान्दना, एस.बी.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूह-२ मा मुख्य महाप्रबन्धकको पदमा कार्यरत थिए । उनी हाल एसबिआई.को पूर्वी तथा दक्षिण एसिया, सिंगापुर, अष्टेलियाको अन्तर्राष्ट्रिय बैंक सञ्चालन र विश्वभर रहेका प्रमुख विदेशी सहायक बैंकहरुको लागि रणनीतिक नेतृत्व प्रदान गर्दै आएका छन् । 

    सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर किरण पण्डित, कार्यकारी निर्देशकहरु रामु पौडेल र दीर्घ बहादुर रावल, निर्देशक शरण कुमार अधिकारीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा एसबिआई. भारतका उप–प्रबन्ध निर्देशक किशोर कुमार पोलुदासु, बैंकका संचालकहरु रितेश सिन्हा, भरत राज वस्ती र अप्सरा उप्रेती, प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत प्रविण मुनि बज्राचार्य तथा बैंकका कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij